A.D.:
Nepal Samvat: 1146 THIMLAGA DWITIYA - 17
मन्त्रिपरिषद्को निर्णय प्रक्रिया
सम्बन्धित मन्त्रालयले छलफल तथा परामर्शपछि निश्चित विषयको प्रस्ताव तयार गर्छ । उक्त प्रस्ताव नेपाल सरकार (कार्यसम्पादन) नियमावलीमा प्रस्ताव गरिएको विषयको संक्षिप्त परिचय, विभिन्न निकायबाट प्राप्त सल्लाह सुझाव तथा परामर्श, प्रस्ताव पेश गर्नुपर्नाको कारण, सम्बन्धित मन्त्रालयको सिफारिश र निर्णय हुनुपर्ने विषयको व्यहोरा स्पष्ट रुपमा उल्लेख गरिएको हुन्छ । सम्बन्धित मन्त्रालयको सचिवले मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव दर्ता गरेपछि मुख्यसचिवले त्यो प्रस्ताव अध्ययन गरी मन्त्रिपरिषद्को कार्यसूचिमा राख्छन् । केही कुरा अस्पष्ट भए मुख्यसचिवले त्यसमा राय माग्न पनि सक्छन् । पेश भएको प्रस्तावमाथि मन्त्रिपरिषद्ले छलफल गरी निर्णय लिन्छ । यदि त्यो प्रस्तावको थप अध्ययन गर्नुपर्ने भए सुझावका लागि सम्बन्धित मन्त्रिपरिषद् समितिमा पठाइन्छ र समितिले त्यसमाथि सुझाव दिन्छ । समितिले दिएको सुझावअनुसार मन्त्रिपरिषद्को बैठकमा सो प्रस्तावमाथि निर्णय लिइन्छ ।
मन्त्रिपरिषद्का समितिहरु
नेपाल सरकार मन्त्रिपरिषद्ले मन्त्रिपरिषद्मा निर्णयार्थ पेश भएका प्रस्तावहरुमाथि सुझाव, सल्लाह लिन र मन्त्रिपरिषद्लाई सहयोग गर्न पाँचओटा विषयगत मन्त्रिपरिषद् समिति गठन गरेको छ । मन्त्रिपरिषद्मा आएका प्रस्तावहरुमाथि निर्णय गर्नुअघि अवाश्यक परे मन्त्रिपरिषद्ले यी विषयगत समितिहरुमा पठाउँछ र समितिको सुझावअनुसार निर्णय लिने गर्छ । यी समितिहरुले तोकिएका कार्यक्षेत्रअनुसार प्रस्तावहरुको अध्ययन गर्छन् । समितिहरुले हेर्ने गरी मन्त्रालयहरु पनि तोकिएको हुन्छ । मन्त्रिपरिषद् राजनैतिक समिति प्रधानमन्त्रीको संयोजकत्वमा छ भने अन्य समितिहरु उपप्रधानमन्त्री र मन्त्रीहरुको संयोजकत्वमा गठन गरिएका छन् ।
| समितिको नाम | संयोजक तथा सदस्यहरु | कार्यक्षेत्र |
| राजनैतिक समिति | संयोजक सम्माननीय प्रधानमन्त्री सदस्यहरु
|
|
| प्रशासन समिति | संयोजक माननीय अर्थ मन्त्री -संयोजक सदस्यहरु
|
|
| सामाजिक समिति | संयोजक माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सदस्यहरु
|
|
| आर्थिक तथा पूर्वाधार समिति | संयोजक माननीय उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सदस्यहरु
|
|
| विधेयक समिति | संयोजक माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री सदस्यहरु
|
|