A.D.:
Nepal Samvat: 1146 THIMLAGA SAPTAMI - 22
कार्यक्रमको अन्त्यमा निर्देशन दिनुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूले आ-आफ्नो लक्ष्यअनुसारको कार्यसम्पादन एवम् प्रगतिका सम्बन्धमा मासिक रूपमा छलफल गरी समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको साथै सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणको रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण समयमै कार्यान्वयन गर्नुपर्ने तथा तोकिएको लक्ष्य तोकिएकै समयमा पूरा गर्ने संस्कृतिको विकास गर्दै थप प्रभावकारी र रणनीतिक ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै बदलिएको परिस्थितिअनुसार तयार हुने 'न्यूनतम साझा कार्यक्रम' बमोजिम गतिशील भएर काम गर्नुपर्ने तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रक्रिया सुरु भैसकेको सन्दर्भमा चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न समेत निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूका सल्लाहकारज्यूहरू, नेपाल सरकारका मुख्य सचिवज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायका सचिवज्यूहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।