A.D.:
Nepal Samvat: 1146 THIMLAGA NAWAMI - 24
उक्त कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्यू, माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यू, माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यू, माननीय उद्योगमन्त्री श्री रमेश रिजालज्यू, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठज्यू, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू, नेपाली सेनाका प्रधानसेनापति श्री प्रभुराम शर्माज्यू, नेपाल सरकारका सचिवज्यूहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।
नेपाली सेनाले गरेको ब्रिफिङ पश्चात् बोल्दै सम्माननीय प्रधानमन्त्रीज्यूले उद्योग पुनः सञ्चालनमा केन्द्रित भएर नेपाली सेनाले गरेको अध्ययन महत्वपूर्ण भएको भन्दै आफुले यसबारे राजनीतिक तहमा पनि छलफल गर्ने र थप अध्ययनका निम्ति सरकारको तर्फबाट पनि सानो टीम बनाएर यसबारेमा मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिने बताउनुभयो।
देशमा रहेका सार्वजनिक उद्योगहरू निजीकरण गर्दै जाँदा देशको उत्पादकत्वमा ह्रास आएको र रोजगारीका अवसर घट्दै जानुका साथै औद्योगिक वातावरण कमजोर भएको भन्दै सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो “अब पनि हामीले पहल लिएनौँ र औद्योगिक वातावरण बनाएनौँ भने देशको समस्या सम्बोधन गर्न सक्दैनौँ।”
वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तत्कालीन सरकारले बन्द गर्ने निर्णय गरेको थियो।