A.D.:
Nepal Samvat: 1146 THIMLAGA DWADASHI - 27
साझा विश्वव्यापी समृद्धिको लागि गहिरो साझेदारी नारा रहेको शिखर सम्मेलनको मुख्य सत्रलाई सम्माननीय प्रधानमन्त्रीज्यू माघ ५ गते शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सोही दिन सम्माननीय प्रधानमन्त्रीज्यूले युगाण्डाका राष्ट्रपति महामहिम जनरल Yoweri Kaguta Museveni ले सम्मेलनमा सहभागी सदस्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरुका लागि आयोजना गर्नुभएको रात्रीभोजमा सहभागिता जनाउनु हुनेछ । शिखर सम्मेलनकै दौरानमा सम्माननीय प्रधानमन्त्रीज्यूले विभिन्न मुलुकका सरकार प्रमुख तथा अन्य उच्चपदस्थ व्यक्तित्वहरुसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, सम्माननीय प्रधानमन्त्रीज्यूका परराष्ट्र सल्लाहार डा. रुपक सापकोटा, सम्माननीय प्रधानमन्त्रीज्यूकी स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र सचिव तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु रहनुभएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।
नेपाल असंलग्न आन्दोलन (नाम) को संस्थापक राष्ट्र हो र यसको स्थापनाकाल देखिका हरेक शिखर सम्मेलनहरुमा सक्रियतापूर्वक सहभागिता जनाउने गरेको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत अंगको रुपमा रहेको छ ।