प्रधानमन्त्रीलाई भारतमा राजकीय सम्मान

प्रधानमन्त्रीलाई भारतमा राजकीय सम्मान
३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भारत सरकारले राजकीय सम्मान दिएको छ । राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरिएको छ । सम्मान अघि प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो । सम्मान गारथ लगत्तै प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धान्जली अर्पण गर्नुभएको छ । आज प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीका साथै राष्ट्रपति प्रणव मुखर्जी लगायतलाई भेट्नेकार्यक्रम छ ।